logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    यस्तो समस्याका बेला सांसदलाई किन चाहियो दशैं भत्ता ? मेरो खातामा राखिएको भत्ता फिर्ता लगियोस – डा. रावल

    यस्तो समस्याका बेला सांसदलाई किन चाहियो दशैं भत्ता ? मेरो खातामा राखिएको भत्ता फिर्ता लगियोस – डा. रावल

    2.7K
    Shares

    कात्तिक २ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सांसद डा. भीम रावलले कोरोना महामारीले निम्त्याएको स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि  जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो माग गरेका हुन्। 

    रावलले आफ्नो खातामा समेत भत्ताको रकम राखिएको भन्दै सो रकम कट्टी गर्न  आग्रह समेत गरेका छन्। 

    उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

    bhim.PNG

    कोरोनाले देशको अर्थतन्त्रमा नराम्रो असर पारेको बेला संघीय संसदले सांसदहरुलाई भने कानुनमै नभएको दशैं भत्ता दिएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend