कात्तिक २ काठमाडौं – केहि दिनदेखि घटबढ भैरहेको सुनको मूल्य आइतबार तोलामा ४०० रुपैयाँले बढेको छ।
शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।