logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • इजिप्टद्वारा इन्धन मूल्य वृद्धिको घोषणा

    इजिप्टद्वारा इन्धन मूल्य वृद्धिको घोषणा

    196
    Shares
    इजिप्टद्वारा इन्धन मूल्य वृद्धिको घोषणा

    इजिप्ट । इजिप्टले शुक्रवार उत्पादन र आयात लागत बढेको कारण २०२४ को चौथो त्रैमासिकमा दुई इजिप्टियन पाउण्ड (०.०४ अमेरिकी डलर) ले इन्धनको मूल्य बढाएको पेट्रोलियम र खनिज स्रोत मन्त्रालयले बताएको छ ।

    इन्धन स्वचालित मूल्य निर्धारण समितिले चौथो त्रैमासिकका लागि ८०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १३.७५ पाउण्ड, ९२–अक्टेन १५.२५ पाउण्ड र ९५–अक्टेन १७ पाउण्डमा समायोजन गरेको छ । साथै डिजेलको मूल्य प्रतिलिटर १३ दशमलव ५० रुपैयाँ पुगेको छ भने घरेलु प्रयोगका लागि ब्युटेन सिलिण्डर र विद्युत उत्पादन तथा खाद्य उद्योगमा प्रयोग हुने माजुटको मूल्य भने यथावत रहेको छ ।

    नयाँ मूल्य शुक्रवारदेखि लागू भएको छ । ६ महिना पछि पुनः मूल्याङ्कन गरिएको छ । मूल्यवृद्धिको निर्णयले बजार कार्यसम्पादनलाई नियमन गर्ने र तेल उत्पादनको विक्री मूल्य र तिनीहरूको बढ्दो उत्पादन र निर्यात लागत बीचको अन्तरलाई कम गर्ने लक्ष्य राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend