logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, सरकारबिरुद्ध नाराबाजी

    रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, सरकारबिरुद्ध नाराबाजी

    413
    Shares
    रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, सरकारबिरुद्ध नाराबाजी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।

    सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै शनिबार बिहानैदेखि पोखरालगायत देशभर रास्वपाका नेता–कार्यकर्ताहरुले बिरोध जनाएका हुन् । उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

    रास्वपाले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको बताएको छ ।

    माइतीघरमा विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका छन् । उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको बताएका छन् ।  उनीहरुले सरकार र प्रधानमन्त्री विरुद्ध पनि नाराबाजी गरेका छन् ।

    काठमाडौंको माईतीघरमा प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट–भूटानी सरकार मुर्दावाद, सरकार मर्यो, जनतालाई जुठो पर्यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

    रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

    सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend