सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घकाे बैठक अजरबैजानमा हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घकाे बैठक अजरबैजानमा हुने

एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसङ्घको २९ औँ वार्षिक बैठक अजरबैजानको बाकुमा हुने भएकाे छ । साे बैठक नोभेम्बर ११ देखि २२ सम्म हुने भएकाे हाे ।

बैठकमा विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले कोप–२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाउने छ । डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वर्ल्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिने भएका छन् । डब्लुटीओले वेबसाइटमार्फत कोप–२९ को बारेमा जानकारी प्रदान गर्नेछ ।

जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवर्द्धन गर्न तथा व्यापार नीतिहरूको महत्त्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend