logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    कोरोनाले समस्या ल्याएपनि देश विकासको बाटोमा अगाडी बढीरहेको छ- प्रधानमन्त्री

    कोरोनाले समस्या ल्याएपनि देश विकासको बाटोमा अगाडी बढीरहेको छ- प्रधानमन्त्री

    2.1K
    Shares

    कात्तिक २ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणका काम धमाधाम भइरहेको बताएका छन्।  कोरोनाभाइरसले केहि समस्या निम्त्याए पनि देश विकासको बाटोमा अगाडी बढीरहेको ओलीले बताएका हुन्। 

    झापाको दमक अस्पतालको भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

    हरेक दिन शिलान्यास भइरहेको छ, प्रधानमन्त्री ओलीले भने, ‘‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ। तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ‘ अनेक ठाउँमा शिलान्यास भइरहेका छन्। विद्यालय, विश्वविद्यालय। बाटा। सरकारी भवन निर्माण भइरहेको छ।’

    प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो समय हवाइ उड्डयन क्षेत्रमा ठुल्ठूला प्रगति हासिल गरेको बताए । उनले छिट्टै पूर्वपश्चिम रेलमार्ग पनि बनााउने र जल यातायात पनि सुरु गर्ने जिकिर गरे । रेल्वे सेवाका लागि नयाँ रेल खरिद गरेर ल्याइसकिएको उनको भनाइ थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend