बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

रविलाई पक्राउ गर्न नहुने भन्दै वीरगञ्जमा पार्टी समर्थकको प्रदर्शन

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिबार रास्वपाका नेता/कार्यकर्ताहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर शुक्रबार राति नै पोखरा पुर्याएको थियो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । वीरगञ्जमा भेला भई रास्वापका नेता/कार्यकर्ताहरुले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् ।

जुलुशमा सहभागीहरुले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend