काठमाडौं । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आएका छन् ।
शनिबार मध्यान्ह उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । उनलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।
घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत छन् । यसअघि उनले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गरेका थिए । नेपाल भ्रमणका क्रममा उनले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।