logo

२०८१ कार्तिक ३ शनिबार

logo
  • शनिबार, ३ कार्तिक २०८१
  • २०८४ को निर्वाचनमा माओवादीलाई २०६४ को परिणाममा फर्काउँछौँ : अध्यक्ष दाहाल

    २०८४ को निर्वाचनमा माओवादीलाई २०६४ को परिणाममा फर्काउँछौँ : अध्यक्ष दाहाल

    133
    Shares
    २०८४ को निर्वाचनमा माओवादीलाई २०६४ को परिणाममा फर्काउँछौँ : अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादीबाट अलग भएका सबै पार्टीहरुलाई एकतावद्ध गर्ने संकल्प लिएको बताएका छन् ।

    शनिबार चितवनमा आयोजित एक कार्यक्रममा उनले माओवादी धारका सबै राजनीतिक पार्टीहरुलाई एकतावद्ध गराएर २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने दावी गरेका हुन् ।

    अध्यक्ष दाहालले २०८४ सालमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउनका लागि आफूले संकल्प लिएको र त्यो पूरा गर्नका लागि आफूले अठोट लिएको पनि बताए । उनले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको जिकिर पनि गरे ।

    एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए । आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यो बिन्दु आएको बताए ।

    अध्यक्ष दाहालले आम जनतालाई एकतावद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र यौद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताए ।

    विगतमा समाजवादको आधार निर्माणका लागि उत्पादन ब्रिगेड बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend