२०८१ मंसिर १० सोमबार
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।