logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    सांसदले लिएको दशैं भत्ता फिर्ता गरि कोरोना परिक्षण र उपचारमा लगाइनुपर्छ – सांसद संग्रौला

    सांसदले लिएको दशैं भत्ता फिर्ता गरि कोरोना परिक्षण र उपचारमा लगाइनुपर्छ – सांसद संग्रौला

    2.6K
    Shares

    कात्तिक ३ काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले सबै सासंदले पाउने दशैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु लगाइनुपर्ने बताएकी छिन। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संग्रौलाले यस्तो बताएकी हुन्। 

    सांसद संग्रौलाले एकातिर कोरोना महामारीको परिक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णय र अर्कातिर सांसदलाई दशैं खर्च वितरण गर्नु जनहित विपरित भएको स्पस्ट पारिन। 

    सांसद संग्रौलाले एक-दुई जनाले दशैँ भत्ता फिर्ता गरेर नहुने भन्दै सिंगो संसदीय दलले सामुहिक निर्णय गरि सबै सासंदले पाउने दशैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनुपर्ने बताएकी छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेकी छिन, ‘ सासंदहरुलाई दसैं खर्च बितरणको प्रसङ्ग र कोरोना महामारीको परिक्षण र उपचार ब्यक्ति आफैले गर्नु पर्ने सरकारको निर्णय प्रति आम नेपाली जनता सामाजिक सन्जाल मार्फत समेत आक्रोसित बन्नपुगेका छन् । एक/दुई जना सासंदले दशैं खर्च फिर्ता गरेर मात्र हुन्न।सिंगो संसदीय दलले सामुहिक निर्णय गरि सबै सासंदले पाउने दशैं खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु पर्दछ।नेपाली काङ्ग्रेस संसदीय दलले यस सम्बन्धमा अबिलम्ब निर्णय लिइ हामी जनप्रतिनिधिहरुले जनताको मर्म र भावनालाई कदर गर्न समर्थ बन्न सकौ । आधारभुत स्वास्थ्य नागरिकको मौलिक हक संविधान र सर्बोच्च अदालतको परमादेश बिपरित गरेको निर्णयलाई अबिलम्ब सरकारले सच्याइ आधारभुत स्वास्थ्य सेवालाई निशुल्क गरियोस् । जनताको हितमा कार्य नगर्ने हो भने सरकार केको लागि ?’

    dila.PNGउता कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्ना सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend