logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • पर्यटन व्यवसायी बसन्तराज मिश्रको ७३ वर्षमा निधन

    पर्यटन व्यवसायी बसन्तराज मिश्रको ७३ वर्षमा निधन

    1.1K
    Shares
    पर्यटन व्यवसायी बसन्तराज मिश्रको ७३ वर्षमा निधन

    काठमाडौैँ । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । आज बिहान उनको निधन भएको हो ।

    उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

    साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न रहेका मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।

    ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

    मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने बताइएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

    मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको निधनले नेपालको आधुनिक पर्यटन इतिहासको एक महत्त्वपूर्ण अध्यायको समाप्ति भएको छ।

    उनले मुलुकको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा डोर्‍याउँदै आएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend