बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्य फेरि बढेर हालसम्मकै उच्च, कति पुग्यो ?

सुनको मूल्य फेरि बढेर हालसम्मकै उच्च, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्यले दिनदिनै रेकर्ड बनाइरहेको छ। चार दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुन तोलामा २ हजार रुपैयाँ वृद्धि भएर प्रतितोला एक लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। आइतबार चाँदी तोलामा ९५ रुपैयाँ बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदी तोलामा ३० रुपैयाँ बढ्दा प्रतितोला १ हजार ९८० रुपैयाँमा थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्दा स्थानीय बजारमा यसको असर परिरहेको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend