logo

२०८१ पुष २२ सोमबार

logo
  • सोमबार, २२ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?

    महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?

    1.6K
    Shares

    कात्तिक ३ काठमाडौं – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सरकार कोरोना परिक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेको भन्दै आपत्ति जनाएको छ।  प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट जनतालाई जोगाउन सरकार पूर्णरुपमा असफल प्रमाणित भैसकेको र आफ्नो दायित्वप्रति गैरजिम्मेवार बनेको बताएका छन्। 

    ‘कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तब्य सरकारको हो’, विज्ञप्तिमा भनिएको छ, ‘ संक्रामक रोग उपचारको कानुनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन। सर्वोच्च अदालतले केहि दिनअघि निशुल्क रुपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले सरकारले कसको कुरा सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ। ‘

    उपचारको दायित्वबाट पन्छिएपछि त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको विज्ञप्तिमा उल्लेख छ। 

    सांसद विकास कोष, दशैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तब्य भएकोले कर्तब्य आत्मसात गरेर कार्य गर्न सरकारलाई कांग्रेसले चेतावनी दिएको छ। 

    1.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend