कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी ओलीको सरकार रहिरहे जनताले धेरै दुख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम भईरहने बताए । यो सरकार नढले सम्म जनता जाग्नुपर्ने लामिछानेले बताए । उनले सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको बताए ।
आफू न्याय प्रक्रियालाई सघाउन आएको बताए । उनले आफूलाई अदालतले न्याय दिने बताए । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो ।
शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।