
कात्तिक ३ काठमाडौं – प्रभु बैंक ले रोल्पाको लिवाङमा शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले रोल्पा नगरपालिका ४ लिवाङमा २१० औं शाखा सञ्चालनमा ल्याएको हो।
शाखा कार्यालयको उद्घाटन रोल्पा नगरपालिकाका मेयरले गरेका हुन्। बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुर्याएको नगरपालिका प्रमुखले बताए।
बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको भन्दै लिवाङबासी उत्शाहित भएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend