logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • रवि लामिछानेलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति

    रवि लामिछानेलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति

    2.1K
    Shares
    रवि लामिछानेलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    अदालतले पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा  राख्न अनुमति दिएको हो । सो हिसाबले अब रवि थप तीन दिन हिरासतमा रहने छन् ।

    पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

    शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।

    आइतबारको बहसमा पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए । तर जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासले लामिछानेलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend