सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

पहिलो वर्ष दुसित थानी रिसोर्टले गर्यो १२ करोड व्यापार, आउँदो पुससम्म पूर्ण क्षमतामा चल्ने

पहिलो वर्ष दुसित थानी रिसोर्टले गर्यो १२ करोड व्यापार, आउँदो पुससम्म पूर्ण क्षमतामा चल्ने

काठमाडौं । पर्यटकीय गन्तव्य धुलिखेलको नमोबुद्धमा रहेको पाँचतारे स्तरको दुसित थानी हिमालयन रिसोर्टको बाँकी काम २०२४ भित्र सकिने भएको छ । रिसोर्टको ५४ कोठा र १८ वटा भिल्ला सन् २०२४ मा आउने अपेक्षा गरिएको लगानीकर्ता ओम्स्टोन एसिया क्यापिटलले जनाएको छ ।

रिसोर्ट २०२३ जुलाइदेखि २८ कोठा र १८ लिज भिल्ला सञ्चालमा आएको हो । अहिले रिसोर्टको पूर्वाधार विस्तारको काम भइरहेको छ ।
थाइल्यान्डको हस्पिटालिटी ग्रुप ‘दुसित थानी हिमालय रिसोर्ट’ ब्रान्डमा व्यवस्थापन तथा सञ्चालनमा छ । सञ्चालनमा आएको एक वर्षमा रिसोर्ट १२ करोड रुपैयाँ व्यापार गरेको सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

रिसोर्टको लगानीकर्ता ओम्स्टोन एसिया क्यापिटलले १ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ बैंक ऋण रेटिङ गरेको छ । कम्पनीले ६९ करोड स्वपुँजी (इक्विटी) लगाएको छ । जसमा ६३ प्रतिशत बैंक ऋण र ३७ प्रतिशत इक्विटी हो । यसअघि १ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी हुने अनुमान गरिएको थियो ।

रिसोर्टमा ८५ प्रतिशत दुसित इन्टरनेसनलको लगानी र १५ प्रतिशत ओमस्टोन एसियाको लगानी छ । ओम्स्टोनका प्रमुख लगानीकर्ता भारतीय मुलका विष्णु मोर हुन् । युनाइटेड अरब इमिरेट्स (युएई) बसेर व्यवसाय गरिरहेका मोरको भारतको पाम तेल उद्योगमा ठूलो लगानी छ ।

धुलिखेलमा रिसोर्ट निर्माण गर्न मोरले नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष रमेश हमाललाई साझेदार बनाएका छन् । हमाल नेपाली आतिथ्य सत्कार उद्योगसहित दक्षिण–पूर्वी एसिया र क्यारेबियन क्षेत्रका होटलमा काम गरेका अनुभवी व्यवसायी हुन् । बौद्ध तीर्थस्थल नमोबुद्ध नजिक रहेको रिसोर्ट काठमाडौंबाट करिब डेढ घण्टाको दूरीमा छ ।

रिसोर्टको व्यवस्थापन हेर्न ओएसिपिएलले दुसित थानीसँग १० वर्षको सम्झौता गरेको छ । यो सम्झौता अर्काे १० वर्षका लागि पनि नवीकरण हुने समझदारी दुईबीच छ ।

बढी पैसा खर्च गर्न गुणस्तरीय पर्यटक लक्ष्य गरी २०१८ बाट रिसोर्ट निर्माण सुरु भएको हो । २०२१ जुलाईमा रिसोर्ट सञ्चालनमा आउने गरी परियोजना सुरु भए पनि कोरोना महामारी र रिसोर्टको डिजाइन परिवर्तन भएका कारण पछाडि धेकेलिएको थियो ।

रिसोर्टमा ५४ कोठा र १८ भिल्ला रहने छन् । होटलको लागत बढेर प्रतिकोठा ४ करोड ३० लाख रुपैयाँ पुगेको रिसोर्टको विकासकर्ता ओम्स्टोन एसियाले जनाएको छ । रिसोर्ट परियोजना घोषणा हुँदा प्रतिकोठा लागत २ करोड ६० लाख अनुमान गरिएको थियो ।

रिसोर्टमा ७२ कोठा हुनेछ । सुरुवाती लागतको तुलनामा रिसोर्टको लागत ७८ प्रतिशत बढेको छ । यसअघि ३१ प्रतिशत बढ्ने अनुमान गरिएको थियो । रिसोर्टले २०२५ देखि ऋण तिर्न थाल्ने अनुमान गरिएको छ ।

दुसित थानी हिमालयन रिसोर्ट ब्रान्डमा सञ्चालन हुने भएको छ । उक्त रिसोर्ट दुसितको ग्लोबल रिजर्भेसन सिस्टम प्रयोग गरिने छ । जसले गर्दा रुम अकुपेन्सी र आम्दानीमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

दुई कम्पनीबीचको सम्झौताअनुसार दुसित थानीले रिसोर्ट सञ्चालनका लागि सम्पूर्ण व्यवस्थापन पनि सम्हाल्ने छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend