काठमाडौ । अमेरिकामा जारी टी–२० आई सिरिज अन्तर्गतको आजको खेलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् ।
३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालका लागि शेखले अर्धशतक बनाए ।
५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो ।