logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

    अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

    973
    Shares
    अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप

    काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी २० आई सिरिज अन्तर्गतको तीन वटै खेल जितेको छ । आज बिहान भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिस क्लिनस्वीप गरेको छ ।

    ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो ।

    नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।

    नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्।

    अमेरिकाविरुद्ध अनिल शाहले ११ बलमा १३ रन जोडे । कुलश भुर्तेलले ३२ बलमा ४० रनको योगदान दिए । कुलश मल्लले ३० बलमा ४४ रन बनाए ।

    यसभन्दा अघि भएका दुई खेलमा नेपालले जित हात पारिसकेको छ । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend