logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • ग्लोबल आईएमई बैंक र प्राइम पावरबीच सौर्य विद्युत् परियोजनामा लगानी सम्बन्धी सम्झौता

    ग्लोबल आईएमई बैंक र प्राइम पावरबीच सौर्य विद्युत् परियोजनामा लगानी सम्बन्धी सम्झौता

    119
    Shares
    ग्लोबल आईएमई बैंक र प्राइम पावरबीच सौर्य विद्युत् परियोजनामा लगानी सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् ।

    समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ ।

    प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गका अनुसार परियोजनाबाट उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको छ ।

    विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी रहेको हुँदा यो समूह सौर्य ऊर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह भएको गर्गको भनाइ छ ।

    नेपालमा सञ्चालित सौर्य परियोजनाहरू मध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो ।

    बैंकले नविकरणीय र हरित ऊर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सौर्य तथा जलविद्युतमा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend