logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • जनकपुरधाममा तीन महिनामा पाँच करोडको नुन बिक्री

    जनकपुरधाममा तीन महिनामा पाँच करोडको नुन बिक्री

    98
    Shares
    जनकपुरधाममा तीन महिनामा पाँच करोडको नुन बिक्री

    जनकपुरधाम । साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्री वितरण गरेको छ ।

    कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफनो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए ।

    धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ ।

    चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन एक हजार एक सय ५० रुपैयाँका दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए । कार्यालयले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्यका पसलसमेत सञ्चालन गरी नुन बिक्री गरिरहेको छ ।

    गत असोज ७ गतेदेखि यही कात्तिक २९ गतेसम्मका लागि सञ्चालन गरिने ती पसलबाट असोज ३० गतेसम्ममा चार हजार छ सय प्याकेट नुन बिक्री गरेको प्रमुख साहले बताए ।

    सहुलियतदरको पसलबाट प्रति प्याकेट २४ रुपैयाँ तथा सोझै डिलरमार्फत २६ रुपैयाँमा बिक्री वितरण भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend