logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • प्रधानन्यायाधीश राउतको अठोट : न्यायपालिकालाई लयमा फर्काउनेछु

    प्रधानन्यायाधीश राउतको अठोट : न्यायपालिकालाई लयमा फर्काउनेछु

    168
    Shares
    प्रधानन्यायाधीश राउतको अठोट : न्यायपालिकालाई लयमा फर्काउनेछु

    काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताएका छन् । सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताए ।

    अदालतभित्र अफ्ठ्याराहरु,असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताए । प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौति हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए ।

    उनले भने, ‘यो अदालत भनेको सबैको अदालत हो । नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ । र नागरिक हक र अधिकारको प्रत्याभुतिको सन्दर्भमा यो अदालतले निर्वाह गर्नुपर्ने जुन भुमिकाहरु छ । यसमा हामी आफ्नो ठाउँबाट जे सम्पादन गर्नुपर्ने हो, त्यो हामी गरिहाल्छौं । तथापि राज्यको चौथो अंगको रुपमा रहेको हाम्रा आदरणीय पत्रकारहरु र सञ्चारकर्मी मित्रहरुले पनि हाम्रा कुराहरु जनता समक्ष पुर्याइदिनुपर्ने हुन्छ ।

    र तपाईहरुको सहयोग, सद्भाव र सदासहायताविना यो अदालत एक्लैले सबै कुरा गर्न सक्दैन । त्यसकारण यो पाटोमा म यहाँहरुसँग सहकार्य गर्न चाहन्छु । र न्यायिक नेतृत्व यो कुरामा सजग र शतर्क छ । र सँगसँगै तपाईंहरुलाई म यो पनि भन्दछु कि तपाईंहरुको अभिव्यक्ति स्वतन्त्रताको जुन कुरा छ । त्यसलाई म सम्मान पनि गर्न चाहन्छु । र त्यसको जुन हिसावबाट हामीले अदालतले बुझ्नुपर्ने हो, त्यो बुझाईमा पनि हामी तलमाथि गर्दैनौं । र त्यो संविधान प्रदत्त ती अभिव्यक्ति स्वतन्त्रताहरुलाई हामी सम्मान गर्दै त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा पनि हामी लागि पर्दछौं ।’

    ‘आज तपाईहरुसँग छोटो भेटघाटमा दुई वटा कुरा म विशेष गरेर भन्न चाहन्छु । तपाईहरुसँग यो न्यायिक नेतृत्वको के छ भने संवाद र भेटघाट अलि बाक्लो बनाउनुपर्नेछ । अलि बढी सूचनाहरु तपाईहरुलाई हामीले संप्रेषण गर्नुपर्ने भएको छ । र तपाईंहरुमार्फत नै जनता समक्ष ती कुराहरु पुग्ने भएकाले तपाईहरुसँग मैले बढी अपेक्षा पनि गरेको छु । त्यो मैले आफ्नो अधिकारको रुपमा नै लिएको छु । तपाईहरुको सदभाव र सहयोग गर्दै पाईरहेको कन्टेष्टमा फेरी पनि मैले पाउँछु होला ।

    त्यो कुराका लागि मैले तपाईहरुसँग जुन समय छ । समय अनुसार चाँडोचाँडो तपाईहरुसँग संवादमा म बस्नेछु । र फाईनल्ली म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ । जताततै चुनौति छ । राज्यको चौथो अंगमा पनि चुनौति देखिन्छ । हाम्रा अडडा अदालतमा पनि निकै छन । यताको म नैतिक जिम्मेवारी लिन तयार छु । तपाईंहरुले मलाई सुझाउनुस्, यो अदालतभित्रको जे जति अफ्ठ्याराहरु, असहज परिस्थितिहरु छन । यसलाई मैले सल्टयाउने नै हो । त्यसको मैले नैतिक जिम्मेवारी लिने पनि हो । र मैले तपाईहरुलाई फेरी पनि दोहोर्याएर भन्छु–हामीसँग निष्ठा छ । र निष्कलंक छवि भएका न्यायाधीशहरु छन ।

    त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ । यसलाई अझ प्रभावकारी र समृद्ध रुपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौं । यस निम्ति म तपाईंहरुको सहयोगको फेरि अपेक्षा गर्दछु । र सँगसँगै तपाईहरुसँग यो समग्र देशको लागि, माटोको लागि, जनताको लागि र संविधानको लागि र तपाईहरुको अभिव्यक्ति स्वतन्त्रताको लागि सँगसँगै तपाईहरुसँग हिँड्ने, समन्वय गर्ने, सहकार्य गर्ने र हामी एउटा उद्देश्य र गन्तव्यमा जाने कुराको लागि पनि म तपाईहरुको साथमा छु’ उनले भने ।

    त्यस अवसरमा प्रधानन्यायाधीश राउतले देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रण समेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend