पोखरा । पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई बुटवल लगेको हो ।
सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।
जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।