logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • डेढ अर्ब कलेजमा लगानी गरेको नेपाल लाइफले किन्यो मेवा डेलपर्सको सेयर

    डेढ अर्ब कलेजमा लगानी गरेको नेपाल लाइफले किन्यो मेवा डेलपर्सको सेयर

    1.1K
    Shares
    डेढ अर्ब कलेजमा लगानी गरेको नेपाल लाइफले किन्यो मेवा डेलपर्सको सेयर

    काठमाडौं । पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूसँग भएको पुँजी विभिन्न परियोजनामा परिचालन गर्न थालेको छ । कम्पनीले दुई जलविद्युत आयोजनामा ५० लाख कित्ता सेयर ५० करोड रुपैयाँमा खरिद गरेको छ । यही कात्तिक १ गते मेवा डेभलपर्स लिमिटेडसँग सेयर लगानी सम्झौता गरेको नेपाल लाइफले जनाएको छ ।

    साउनको पहिलो साता दुई प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हाइयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडको १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार रुपैयाँमा सेयर खरिद गरेको थियो ।

    नेपाल लाइफले प्रोफेसनल एजुकेटर्सको ३५.३२ प्रतिशत स्वामित्व ७३ करोड ७२ लाख ८९ हजार ६ सय रुपैयाँमा खरिद खरिद गरेको थियो ।
    मेवा डेभेलपर्सले ७३ मेगावाटको मध्य मेवा र ९.३ मेगावाटको सिवा खोला अर्धजलासय आयोजनमा सेयर लगानी गरेको हो । मध्य मेवा नदी प्रवाही (आरओआर) आयोजना हो । नेपाल लाइफले १०० रुपैयाँ अंकित दरले मेवा डेभेलपर्सको ५० लाख कित्ता सेयर खरिद हो ।

    मेवा डेभेलपर्स २०१६ मा निजी कम्पनीको रुपमा स्थापित भएको थियो । यो सन् २०२१ मा पब्लिक कम्पनीमा रुपान्तरण गरिएको थियो ।

    ८२.८ मेगावाट क्षमताको दु्ई आयोजना बनाउन कूल १८ करोड ५४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

    १३ अर्ब ९० करोड ७० लाख रुपैयाँ बैंकबाट ऋण र बाँकी ४ अर्ब ६३ करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी लगानी रहेको छ । गत असारसम्म संस्थापकहरुबाट ७० प्रतिशत स्वपुँजी लगानी भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण सेयर (आइपिओ) जारी गरेर थप लगानी जुटाउने भएको छ । आयोजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माणाधीन आयोजनाको अहिलेसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ ।

    यस्तै आयोजनामा ऊर्जा डेभलपर्स, सिई कन्स्ट्रक्सन र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले स्वपुँजी लगानी गरेको छ ।

    आयोजना ताप्लेजुङ जिल्लाको मिख्वाखोला गाउँपालिकामा पर्छ । आयोजनाबाट उत्पादन हुने बिजुली ११ किलोमिटर दुरीमा रहेको ताप्लेजुङको हाङपाङ सबस्टेशनमा जोडिने भएको छ ।

    यो पनि :

    नेपाल लाइफ इन्स्योरेन्सको शिक्षामा लगानी, १ अर्ब ३३ करोडमा किन्यो प्रोफेसनल र युनिग्लोबको सेयर


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend