logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    154
    Shares
    नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका छन् । सोमबार ‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका हुन् । उनले जनताहरु संगठित हुन पाउने उनीहरुको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्रसंघले समेत स्थान दिएको बताए ।

    उनले नागरिक समाजको ठाउँहरुलाई साँघुरो पार्नु नहुने बताए । उनले नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सुचक नभएको बताए ।

    उनले भने – ‘बहुदलीय व्यवस्थामा छौँ । राजनीतिक पार्टी चाहिन्छ भन्ने कुरामा विवाद भएन । तर जनतासँग कुरा गर्ने राजनीतिक पार्टीले मात्रै हो ? अरुले कुरा गर्न पाउँदैनन् ? जनताले अरु तरिकाले संगठित हुन पाउँदैनन् । जनताहरु संगठित हुने उनीहरुको अधिकार हो । नागरिक समाजलाई युएनले स्पेस दिएको छ । नागरिक समाजको स्पेसलाई साँघुरो पार्नु हुँदैन । यो स्पेसलाई संसारले मानेको हो ।

    नागरिक समाजको स्पेस हामीकहाँ साँघुरिदै गएको छ । नागरिक समाज साँघुरिनुको मतलव हुन्छ निरंकुश झाँगिदैछ । संसारमा निरंकुश बढ्दै जाँदा यसको स्पेस साँघुरिदै गएको प्रवृत्ति बुझ्न सकिन्छ । मलाई लाग्दैन यो प्रजातन्त्रको लागि राम्रो सूचक हो । नियमन गर्न पाइन्छ नियन्त्रण गर्न पाइँदैन ।’

    उनले राष्ट्रवाद र पपुलिज्म बढेसँगै प्रजातन्त्र र मानव अधिकारको एजेण्डा ओझेल पर्ने अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend