logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • श्रीलंकामाथि भूटानको सहज जित, नेपाल र माल्दिभ्स पहिलो जितको खोजीमा

    श्रीलंकामाथि भूटानको सहज जित, नेपाल र माल्दिभ्स पहिलो जितको खोजीमा

    1.7K
    Shares
    श्रीलंकामाथि भूटानको सहज जित, नेपाल र माल्दिभ्स पहिलो जितको खोजीमा

    काठमाडौं । भूटानले सोमबार श्रीलंकामाथि फराकिलो जित निकाल्दै साफ च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

    दशरथ रंगशालामा भएको समूह बी को खेलमा भूटानले श्रीलंकालाई ४–१ को फराकिलो जित निकाल्यो । यो जितसँगै चार टोली रहेको समूहमा भूटानको सेमिफाइनल सम्भावना बलियो भएको छ । समान दुई खेलमा भुटानको चार अंक र श्रीलंकाले तीन अंक छ । यो समूहमा आयोजक नेपाल र माल्दिभ्स छन् ।

    समान एक खेलमा नेपालको एक अंक र माल्दिभ्स अंकविहीन छ । सोमवारको दोस्रो खेलमा यी दुवै एकआपसमा भिड्दैछन् । लिगको पहिलो खेलमा नेपालले भूटानसँग अंक बाँड्दा माल्दिभ्स भने श्रीलंकासँग पराजित भएको थियो । लिगको दोस्रो खेलमा भने श्रीलंकाले विजयीयात्रा जारी राख्न सकेन । यता, भूटानले श्रीलंकालाई सहजै हराउँदै आफूलाई समूह विजेताको दाबेदारको रूपमा उभ्याएको छ ।

    भूटानले दुवै हाफमा समान दुई गोल गर्यो । भूटानका लागि देकी लाजोमले दुई गोल गर्दा दोर्जी इजोन र नामग्याल डेमाले समान एक गोल गरे । श्रीलंकाकी थुसानी मधुसिकाले एक गोल फर्काइन् । खेलको आठौं मिनेटमै देकीले अग्रता दिलाइन् । यो गोलपछि भुटानले दबदबा पनि कायमै राख्यो । तर २२ औं मिनेटमा थुसानीको गोलबाट श्रीलंकाले बराबरी गर्यो । यद्यपि, श्रींलकाले यो बराबरी जोगाउन सकेन ।

    ३१ औं मिनेटमा दोर्जीले भुटानलाई अग्रता दिलाइन् । यो गोलसककंगे पहिलो हाफमा भूटान २–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि भूटानले आक्रमण शैली जारी राख्यो । तर तेस्रो गोल गर्न भने लामो समय कुर्नुपर्यो । तीन मिनेटको अन्तरमा दुई गोल थप्यो । ७५ औं मिनेटमा देकीले व्यक्तिगत दोस्रो गोल गरिन् ।

    यससँगै भूटानले ३–१ को सहज अग्रता बनायो । तीन मिनेटपछि नै डेमाले गोल गरेपछि भुटान सहज अग्रतामा अघि बढ्यो । यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र भुटानले महत्वपूर्ण जितसँगै समूहविजेताको बलियो दाबेदारी प्रस्तुत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend