
कात्तिक ५ काठमाडौं – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ ले पराजित गरेको छ।
युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कोस राशफोर्डले एक एक गोल गरेका थिए भएन पिएसजीका लागि युनाइटेडकै एन्थोनी मार्सियलले आत्मघाती गोल गरेका थिए।
अर्को खेलमा बार्सिलोनाले हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५–१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए। २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend