सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुन तोलामा ३ सयले बढ्दै हालसम्मकै उच्च विन्दुमा

सुन तोलामा ३ सयले बढ्दै हालसम्मकै उच्च विन्दुमा

काठमाडौैँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्यले दिनदिनै रेकर्ड बनाइरहेको छ। छैटौँ दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढ्दै प्रति तोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार सुन तोलामा ६ सयले बृद्धि हुँदै १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको थियो । हिजोको मूल्य भन्दा तोलामा आज मंगलबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । यो मूल्य हालसम्कै उच्च हो ।

मंगलबार चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। मंगलबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला २ हजार १ सय रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्दा स्थानीय बजारमा यसको असर परिरहेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend