
काठमाडौँ । आज शेयर बजार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो ।
मंगलबार १९९ कम्पनीको शेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रि ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर, बजारमा दिनभर उतारचढाव हुँदा पनि बजार बन्द हुँदा भने नेप्से २५ अंकले बढ्यो ।
आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज गुडविल फाइनान्स कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशतसहित १३ वटै सूचकमा सुधार देखिएको हो ।
रावा इनर्जीका लगानीकर्ताले ८ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ७ दशलमव ८२ प्रतिशत र थ्रीस्टार हाइड्रोका लगानीकर्ताले ६ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।
आज वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५, होटल एण्ड टुरिजम ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.१४, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.६१, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend