logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

    सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

    574
    Shares
    सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति सिग्देल

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन् । आईतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरु अवस्थित रहेको भन्दै उनीहरुलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए ।

    उनले इजरायल र लेबनानमा अहिले चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भएपनि सुरक्षित रहेको उनले बताए ।

    उनले भने, ‘५२ जना सिरियामा छन् । १३२९ जनाको फौज शान्ति सेनामा छ । १३२९ जनामध्ये अहिले अलिकति अफ्ठ्यारो स्थितिमा रहेका सैनिकहरु भनेको केही मात्रै छन् । उनीहरुको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाईं भइरहेको ठाउँ हो । उनीहरु द्वन्द्वको बीचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरु पूर्णतया सुरक्षित छन् ।

    बंकरहरुमा बसेका छन् । कथंकदाचित धेरै ठूलै खालको स्थिति आयो भने त्यस्तो परिस्थितिमा के गर्ने भन्नेमा हेर्डक्वार्टरले त्यसको योजना बनाउँदै छ । नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा त्यस्तो अवस्थामा त्यहाँ तैनाथ फौजलाई कसरी नेपाल ल्याउने र सुरक्षित स्थानमा लैजाने भन्ने योजना तयार गरेका छौँ । हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ । हाम्रो फौजलाई अफ्ठ्यारो पार्ने सम्भावना धेरै कम छ ।’

    उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अफ्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend