logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • सन् २०३० सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

    सन् २०३० सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

    210
    Shares
    सन् २०३० सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने

    नयाँदिल्ली, एएनआई । भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत ५ सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएका छन् ।

    अध्ययनले सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको पनि उनले बताए । द इन्डिया सेन्चुरी भन्ने विषयवस्तुको बारेमा बोल्दै उनले भने, “एक दशकअघि विश्वको दशौँ ठूलो अर्थतन्त्र भएको भारत अहिले पाँचौँ स्थानमा छ । दशकको अन्त्यसम्ममा तेस्रो हुने सम्भावना छ ।”

    जयशङ्करले भारतको प्रतिभा र सीपबारे प्रकाश पार्दै यो करिब दिन प्रतिदिन बढिरहेको उल्लेख गरे । उनका अनुसार युरोप र उत्तर अमेरिकाले भारतबाट प्रतिभा र सीपको सहज प्रवाह चाहन्छन् ।

    “मलाई लाग्छ कि त्यहाँ अन्य तरिकाहरू छन्, जुन अझ प्रभावकारी हुन सक्छ । यदि प्रविधि, एआई र सेमीकन्डक्टरहरूमा ठूला बहसहरू हेर्नुहुन्छ भने भारतीय प्रतिभा र सीपको महत्त्व दिनप्रतिदिन बढ्दै गएको छ”, उनले भने । भारतको अर्थतन्त्रको आकार ३८ खर्ब डलर छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आगामी वर्ष भारतको आर्थिक वृद्धि ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस्तै २०२६ मा साढे ६ प्रतिशत हुने अनुमान आइएमएफको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend