
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय भएको छ।
पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाममा नयाँ शक्ति थप गर्ने निर्णय गरेको हो।
साथै माघ २५ देखि २७ गतेसम्म पार्टी महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएको छ।
साथै पार्टी केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुनेछ। अध्यक्ष, समावेशी उपाध्यक्ष पाँच जना, महासचिव, तीन सचिव, कोषाध्यक्ष गरी ११ जना पदाधिकारी रहने छन्।
पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।
विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ। आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend