logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेटवार्ता

    राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेटवार्ता

    1K
    Shares
    राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।

    राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

    राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पोखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट भएको जानकारी दिए ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पौडेल भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

    विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए । सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका तथा विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend