logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • कोशी सरकारले वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्न ४० करोड सहयोग गर्ने

    कोशी सरकारले वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्न ४० करोड सहयोग गर्ने

    203
    Shares
    कोशी सरकारले वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्न ४० करोड सहयोग गर्ने

    विराटनगर । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

    कोशी प्रदेश सरकारले कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिए ।

    कोशी प्रदेश सरकारको बुधबार साझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै उनले कटौति गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तिय समानिकरण अनुदान श्रोतमा चालु खर्च शिर्षकहरुमा बिनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको बताए ।

    कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई पनि कोषमा सहयोग गर्न आव्हान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।

    बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । क्षति भएका संरचनालाई दीर्घकालिन र तत्काल गर्ने काम छुट्याएर पुनःनिर्माण र मर्मतसम्भारको काम दूर्तगतिमा अगाडि बढाउने सरकारको तयारी छ ।

    त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । आजको बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धि दोश्रो संसोधन निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend