logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश हुन्छ : महान्यायाधिवक्ता बडाल

    संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश हुन्छ : महान्यायाधिवक्ता बडाल

    546
    Shares
    संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश हुन्छ : महान्यायाधिवक्ता बडाल

    काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी (हिउँदे) अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश गर्ने बताएका छन् । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाइएको उनको भनाई थियो ।

    बुधबार बिगो निर्धारण सम्बन्धि कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धि मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरुले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको पनि स्पष्ट पारे ।

    उनले भने, ‘फौजदारी कार्य विधि संहिता, अपराध संहितामा हामी संशोधनको प्रक्रियामा छौं । र केही समय पछाडि हिउँदे अधिवेशन भित्रको अवधिसम्ममा त्यसमा संशोधनको प्रस्ताव पार्लियामेण्टमा गईसक्नुपर्छ भन्ने हामीलाई लागेको छ । हामीले कानून मन्त्रालयसँग त्यही अनुसारको रिक्वेस्ट पनि गरेका छौं । त्यो बेलासम्म यदि हामीहरुले यसलाई कन्सल्टेड गरेर लिएर जान सकियो भने, यसको पार्ट पनि हामीले ऐनमा राख्न सक्ने हो भने अहिले हामीले अनुसन्धान र अभियोजनको विषयमा मात्रै बोलेका छौं भने अब न्याय निरुपणमा पनि त्यो जोडिन्छ ।

    महत्वपूर्ण पार्ट त न्याय निरुपणसँग पनि सम्बन्धित छ । अदालतलाई हामीले न डिक्टेड गर्नसक्छौं, न यसो गर्नुस् भनेर भन्नसक्छौं । हामीले गर्नसक्ने भनेको अनुसन्धान र अभियोजनमा मात्रै हो । ऐनमा राखियो भने त्यसले अदालतमा पनि प्रभाव पार्छ । अदालतलाई समेत त्यसले मार्गदर्शन गर्न सकोस् भन्ने कुरालाई दिमागमा राख्ने हो भने ऐनमा यसको केही पार्ट आउनुपर्ने अवस्था पनि हुन्छ । त्यसमा पनि हामीहरु क्रियाशील हुने नै छौं । ’

    कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विगो निर्धारण गर्दा निर्माण कम्पनीहरुको कारोबार रकम कटौति गरेर मात्रै निर्धारण गर्नुपर्ने सुझाव दिए । उनले निर्माण कम्पनीहरुले कारोबार गरेको रकम समेत जोडेर विगो तिर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी सो सम्बन्धि कार्यविधि बनाउनुपर्ने आवश्यकताा औंल्याए ।

    अध्यक्ष घिमिरेले भने, ‘विशेष गरी यो कन्ट्रक्सनसँग सम्बन्धित मुद्दाहरुमा सबै विगो बनेर आउँछ । व्यक्तिले काम गरिसकेको छ । त्यो काम गरिसकेको कुरा पनि विगोमा आउँछ । एक त उसको पैसा गईसक्यो । त्यो खर्च भएको पैसा समेत जोडेर विगो बनेर आएको अवस्थाहरु छ । यसमा ख्याल गर्नुपर्दछ । त्यसले गर्दाखेरी जे कारोबार अंक हो, त्यसलाई कटाएर विगो निर्धारण गरिनुपर्छ भन्ने लाग्छ ।’

    कार्यक्रममा बोल्दै अपराध अनुसन्धानका क्षेत्रमा कार्यरत निकायका प्रतिनिधिहरुले विगो निर्धारणको कामलाई समसामयिक बनाउनुपर्नेमा जोड दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend