logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • तिहारका लागि फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

    तिहारका लागि फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

    525
    Shares
    तिहारका लागि फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा ३५ बढी स्थानमा बिक्री स्थल तयार गरी फूल बिक्री गर्ने भएको छ ।

    गत वर्षभन्दा यस वर्ष व्यवस्थितरुपमा फूल बिक्री गर्न कामपाले बिक्री स्थल तोकेर तयारी थालेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । हाल ३५ व्यावसायिक भवन (मल) को अगाडि बिक्री स्थल बनाउने तयारी भइरहेको उनले बताए । प्रमुख पाण्डेकाअनुसार किसानले उत्पादन गरेको फूल काठमाडौँ महानगरपालिमा रहेको ‘सपिङ मल’को खाली स्थानमा बिक्री स्थल बनाउने तयारी गरिएको हो ।

    त्यसका लागि मल सञ्चालकसँग छलफल भइसकेको कामपाले जनाएको छ । “आगामी कात्तिक १४, १५, १६ र १७ गते कृषकले निःशुल्क रुपमा तोकिएका स्थानबाट फूल बिक्री गर्न पाउने छन्”, प्रमुख पाण्डेले भने ।

    फूल बिक्री स्थलमा नगर प्रहरीले समन्वय गर्ने कामपाले जनाएको छ । यस वर्षको तिहारका लागि बजारमा ४० लाख सयपत्री फूलको मालाको माग रहेको पुष्प व्यवसायीको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसनकाअनुसार यस वर्ष स्वदेशी उत्पादन २५ लाख माला मात्र छ । बाँकी माला भारतबाट आयात गर्न लागिएको छ ।

    नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्प खेती विस्तार भएका छन् ।

    व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार बढी व्यक्तिले लाभ लिएका छन् । मुलुकभित्र दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend