logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सांसद देवीप्रकाश भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जोड्न झोलुङ्गे पुल बन्ने

    सांसद देवीप्रकाश भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जोड्न झोलुङ्गे पुल बन्ने

    147
    Shares

    काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुङ्गे पुलको बुधबार सर्वे गरिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग संस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक र्ईन्जिनीयर लगायतको टोली सो स्थानमा पुगेर २ झोलुङ्गे पुलको सर्वे गरिएको हो ।

    प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचन, प्रतिनिधिसभा पर्वसदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङ आएको हो । पुल सर्वेका लागि काठमाडौंबाट प्रभुको हेलेकोप्टबाट सांसद भट्टचनसहित डिभिजनका ईन्जिनीयर प्रवेश रेग्मी र ईन्जिनीयर गोपालबहादुर थापा मुस्ताङ आएका थिए ।

    उनीहरुले उक्त पदमार्गको भर्सा खोलामा झोलुङ्गे पुलको सर्वे गरेका हुन् । दामोदर कुण्ड तीर्थ यात्राका लागि त्यसपदमार्गको भर्सा खोलामा झोलुङ्गे पुल स्थापना भएमा करिव ४ घण्टाको पैदल यात्रा दुरी छोट्टिने भएको छ ।

    दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिव ५ हजार १ सय ७ मिटरको अग्लो उचाईमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भईरहेकाले सर्वे अघि बढाईएको सस्पेन्स ब्रिज डिभिजनका ईन्जिनीय प्रवेश रेग्मीले जानकारी दिएका छन् ।

    ‘यो सर्वे भएपछि योजना छनौटका लागि अघि बढ्छ, डिभिजन रेग्मीले बताए । आगामी आर्थिक वर्ष पुलको योजना रातो कितावमा समावेश हुने र त्यसपछि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि पुल निर्माणको ठेक्का अघि बढ्ने छ ।

    दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने भएको छ। उनले समुन्द्री सतहको उच्च उचाईको क्षेत्रमा पुल निर्माणको सर्वे भएको जनाए । पलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) डिपिआर बन्न ३ महिना लाग्छ, उनको भनाई छ ।

    भगवान बिष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोमसोम—कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । यारा हुदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिव ९ घण्टाको समय लाग्छ । भर्सा खोलामा पुल नहुदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र आरोलो झर्नु पर्ने हुदा पैदलयात्राको दुरी लम्बिएको हो ।

    पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पुरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बताए ।

    मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट—गुरुसाङ्वो जोड्ने अर्को एक झोलुङे पुलको पनि सर्वे भएको सांसद भट्टचनले जानकारी दिए । उनका अनुसार गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको बताए । उनका अनुसार सस्पेन्स ब्रिज टोलीका प्राविधिक ईन्जिनीयरले त्यसस्थानमा पुगेर सर्वे गरेका हुन् ।

    थासाङको नाउरिकोट—गुरुसाङ्वो गुफा जोड्ने पुल निर्माणको डिपिआरका लागि सांसद भट्चन, पर्वसांसद तुलाचन, लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनसहित प्राविधिक ईन्जिनीयरहरुको टोली त्यसक्षेत्रमा पुगेको थियो । त्यहाको प्रारम्भिक सर्वेमा करिव ४७० मिटर लामो झोलुङ्गे पुलको आवश्यकता महशुस गरिएको छ ।

    नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ पुल निर्माण भएमा करिव आधा घण्टाको पैदल उकालो दुरी छोट्टिने जनाईएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend