logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँ : वनमन्त्री ठकुरी

    मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँ : वनमन्त्री ठकुरी

    238
    Shares
    मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँ : वनमन्त्री ठकुरी

    काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाइएको बताएका छन् ।

    बिहीबार मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिसकेको र रातो बाँदरको हकमा प्रतिवेदन तयार भइ स्वीकृतिको क्रममा रहेको बताए । उनले कार्बन व्यापारमा निजी क्षेत्रसमेत समावेश गर्नेगरी वातावरण संरक्षण नियमावली, २०७७ संशोधनको अन्तिम चरणमा रहेको बताए ।

    उनले राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८१ तयार भएको, वाह्य मिचाहा प्रजाति नियन्त्रण रणनीति, २०८१ तयार भएको, दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने विषय सम्पन्न भएको बताए । उनले दिगो वन व्यवस्थापनको मापदण्ड तयार गरिएको पनि जानकारी दिए ।

    मन्त्री ठकुरीले सय दिनको अवधिमा वन विकास कोषमा ६ करोड ५९ लाख ११ हजार २०४.४५ रुपैयाँ जम्मा भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend