logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

    मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

    441
    Shares
    मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । उनले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरुको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दाबी गरे ।

    मन्त्री भण्डारीले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको बताए । उनले रोजगारीको अवसर लुकाउने, छिपाउने काम भएको भन्ने गुनासो आएपछि आफूहरुले पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रमा ती सबै सूचना पुग्नेगरी एकीकृत सूचना प्रणालीको विकासमा लागेको उनको भनाई थियो ।

    मन्त्री भण्डारीले भने, ‘हामीले अहिलेको अवस्थामा रातारात रोजगारी सृजना गर्ने अवस्था पनि छैन । तर जहाँजहाँ सम्भावना छ, त्यसका लागि व्यवस्थित गर्दै अघि बढ्नका निम्ति मलाई हौसला भएको छ । कुन देशमा जाने, कहाँ काम गर्ने, कस्तो काम छ भन्नेकुरा कसरी जान्न सकिन्छ ? भन्ने बारेमा हामी लागेका छौं ।

    हाम्रो कोशिस प्रत्येक पालिकाको इएसीमा गएर कुन मुलुकबाट के काम आयो भन्नेकुरा त्यहाँका जनताले थाहा पाउन भन्ने हिसावले काम गरिरहेका छौं । त्यहाँ अब त्यसता कुरा लुकाउने, छिपाउने भन्नेकुरा अब रहँदैन । हाम्रो प्रयास प्रत्येक पालिकोको रोजगार सेवा केन्द्रसम्म सबै सूचनाहरु त्यहाँ एकीकृत हिसावले पुग्ने मेकानिज्म बनाउने गरी हामीले काम गरिराखेका छौं । ’

    मन्त्री भण्डारीले आन्तरिक रोजगारलाई व्यवस्थापन गर्न, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने कामलाई आफूले जोड दिएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend