logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • पार्टी विवादबारे बोल्ने बेला यो हैन- बरिष्ठ नेता नेपाल

    पार्टी विवादबारे बोल्ने बेला यो हैन- बरिष्ठ नेता नेपाल

    1.5K
    Shares

    कात्तिक १७ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चर्किएको विवाद पार्टी फुटको संघारमा पुगिसक्दा बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विवादबारे बोल्ने समय यो नभएको बताएका छन्। राजधानीको एक कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। 

    काठमाडौंको जरसिंहपौवामा विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्याएका व्यक्तिहरुको सम्मानस्वरूप शालिकसमेत स्थापना गरेर पार्क बनाउने सम्बन्धमा आयोजना गरिएको कार्यक्रममा पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले फरक कार्यक्रममा पार्टी विवादबारे बोल्न उचित नहुने बताएका हुन्।   

    उता नेकपाको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच चर्किएको विवादले पार्टी फुट्ने हो कि भन्ने आशंका पैदा हुन लागेको छ। ओली पक्ष र प्रचण्ड पक्ष छुट्टाछुट्टै भेलामा जुटेका छन्। गत शनिबार भएको भेटमा दाहालले आफुले ओलीसंग यसरी पार्टी नचल्ने र विवाद सचिवालय बैठकबाट समाधान गर्नुपर्ने प्रस्ताव राख्दा ओलीले नचल्ने भए छुट्टाछुट्टै हिंड्ने जवाफ दिएको आफूनिकट नेताहरुलाई बताएका थिए। 

    पार्टी एकतामा संकट देखिएको भन्दै नेताहरुले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकता रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend