logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • मध्यपूर्व थप अशान्त : इजरेलद्वारा इरानमा हवाई हमला

    मध्यपूर्व थप अशान्त : इजरेलद्वारा इरानमा हवाई हमला

    973
    Shares
    मध्यपूर्व थप अशान्त : इजरेलद्वारा इरानमा हवाई हमला

    बीबीसी । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हमला गरेको जनाएको छ। ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरुले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ।

    तर कुन-कुन ठाउँहरुमा प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन।

    इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ‘अधिकार र दायित्व’ इजरेलसामु भएको जनाएका छन्।

    तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।

    इजरेली हमलासँगै इरानी राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका छन्।

    इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन्।

    जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्। इजरेलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन।

    इजरेली हवाई हमलाको निशानामा सिरियाका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ।

    अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्।

    गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्।

    यो पनि : 

    इरानद्वारा इजरेलमा मिसाइल आक्रमण


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend