logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • इजरेलले भन्यो : ‘इरानमाथि हमला पुरा भयो, विमान सुरक्षित फर्किए’

    इजरेलले भन्यो : ‘इरानमाथि हमला पुरा भयो, विमान सुरक्षित फर्किए’

    2.9K
    Shares
    इजरेलले भन्यो : ‘इरानमाथि हमला पुरा भयो, विमान सुरक्षित फर्किए’

    बीबीसी । इजरेलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला गरेको जनाएको छ। ती हमलालाई इजरेलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जबाफ भएको बताएको छ।

    इजरेली सेनाले हमलाको काम पूरा भएको जनाउँदै विमानहरू सुरक्षित रूपमा घर फर्किएको बताएको छ ।

    इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ‘अधिकार र दायित्व’ इजरेलसामु भएको जनाएका छन्।

    तीन साताअघि इरानले इजरेलमा झण्डै दुई सयको सङ्ख्यामा ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो।

    यता इजरेली हमलासँगै इरानको राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका थिए।

    सुरुमा इजरेलले इरानका सैन्य निशानामा हमला गरेको भनेर गरेको दाबीलाई पछि तेहरानले पुष्टि गरेको देखिन्छ।

    इरानको हवाई प्रतिरक्षा फौजले एक विज्ञप्तिमार्फत तेहरान, खुजिस्तान र इलम प्रान्तका सैन्य अखडाहरू हमलामा परेको जनाएका छन्।

    ती हमलाहरू सफलतापूर्वक सामना गरिएको तर केही स्थानमा ‘सीमित क्षति’ पुगेको उक्त विज्ञप्तिमा जनाइएको छ।

    त्यसअघि इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाले इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएको जनाएको थियो।

    जेरुसलेमस्थित एकजना बीबीसी संवाददाताले इजरेलले आफ्ना हमला परमाणु वा तेल प्रशोधन केन्द्रमा नभई सैन्य निशानामा केन्द्रित गरेको देखिएको जनाएका छन्।

    इजरेली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ।

    इराकमा समेत राजधानी बग्दादनजिकै विस्फोटनका विवरण आएका छन्।

    अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन्। तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन्।

    गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखा परेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्।

    ह्वाइटहाउसले इजरेलको ‘आत्मरक्षाको अभ्यास’मा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ।

    बेलायत सरकारका एकजना प्रवक्ताले लण्डनले ‘यस अवस्थालाई नजिकबाट हेरिरहेको’ जनाएका छन्।

    इरान र इराकमा सबै उडान रद्द

    इजरेल हमलाबीच इरानले आफ्ना हवाई क्षेत्र बन्द गरेको त्यहाँको सरकार समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएको छ।

    इरानको नागरिक उड्डयन निकायका प्रवक्ताले आईआरएनएलाई अर्को सूचना नहुँदासम्म त्यहाँ सबै उडानहरू रद्द गरिएको जनाएका छन्।

    इराकमा समेत अर्को सूचना नभएसम्मका लागि क्षेत्रीय तनावका कारण सबै विमानस्थलमा, सबै उडानहरू रद्द गरिएको त्यहाँका यातायात मन्त्रीले जनाएको इराकी सरकारी समाचार संस्था आईएनएलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

    यो पनि :

    मध्यपूर्व थप अशान्त : इजरेलद्वारा इरानमा हवाई हमला


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend