शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

भ्रष्टाचार र बेथितिविरुद्ध काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भृकुटी मण्डपमा आयोजित विरोध सभाअघि जुलुस निकालेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध शनिबार काठमाडौं मलमा जम्मा भएर माओवादीले जुलुस निकालेको हो ।

भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो ।

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदर्शनमा प्रचण्डसहित पार्टीका सबै पदाधिकारी सहभागी छन्।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन भन्दै माओवादीले आज खबरदारी सभा आयोजना गरेको छ ।

तस्बिरहरु :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend