बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

यो सरकार दलाल बिचौलियाको हो, जनताको हितमा कुनै काम गरेन : अग्नि सापकोटा

यो सरकार दलाल बिचौलियाको हो, जनताको हितमा कुनै काम गरेन : अग्नि सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दलाल बिचौलियाको भएको बताएका छन् ।

शनिबार काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले वर्तमान सरकार जनताको नभएर सीमित दलाल पूँजीपति, विचौलिया वर्गको भएको आरोप लगाएका हुन् ।

जब जनताले सरकारबाट दुःख र सास्ती पाउँछ तब माओवादी अगाडि आउने गरेको पनि उनले बताए ।

उनले यो सरकारले जनताको हितमा कुनै काम नगरेको बताए । उनले ओली नेतृत्वको सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद भएको टिप्पणी गरे ।

माओवादी जिम्मेवार प्रतिपक्षी दल र युग परिवर्तनमा भूमिका खेलेको पार्टी भएका कारण जनताको विपत्तिमा टुलुटुलु हेरेर बस्न नसक्ने उनले बताए ।

उपाध्यक्ष सापकोटाले अहिलेको आन्दोलन सुरूवात मात्रै भएको र यसले पनि सरकार नसच्चिए थप सशक्त ढंगले आन्दोलन गर्ने र त्यसका लागि माओवादी केन्द्र तयार रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend