बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सरकार फेर्न हतार छैन, यो खबरदारी सभा सरकार ढाल्नका लागि होइन : प्रचण्ड

सरकार फेर्न हतार छैन, यो खबरदारी सभा सरकार ढाल्नका लागि होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकार ढाल्नका लागि यो खबरदारी सभा नगरेको बताउँदै उनले भ्रष्टाचारी संरक्षण गर्नतिर नलाग्न आग्रह गरे । अध्यक्ष प्रचण्डले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न पनि आग्रह गरे । भ्रष्टाचार र विचौलियालाई जोगाउन बनेको सरकार आफैं कुहिएर झर्ने अवस्थामा पुगेको उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए ।

प्रचण्डले यो सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैँले पुष्टि गरेको बताए ।

प्रचण्डले बाढीपहिरोको विपद्‍मा सरकार चुकेको भन्दै यस्तो गल्ती नदोहोर्‍याउन पनि सरकार सुझाव दिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend