बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

रातको अँध्यारोमा सुशासनका विरुद्धमा सरकार बन्यो, भ्रष्टाचारीलाई बचाउने काम गर्यो : प्रचण्ड

रातको अँध्यारोमा सुशासनका विरुद्धमा सरकार बन्यो, भ्रष्टाचारीलाई बचाउने काम गर्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार सुशासनका विरुद्धमा बनेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सुशासनका विरुद्धमा बनेको भन्दै भ्रष्टाचारीलाई बचाउने काम गरिरहेको दाबी गरे ।

उनले भने, ‘सरकार नयाँ बनेको हामीलाई चिन्ता होइन । तर, यो सरकार के का निम्ति र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारी बचाउन बन्यो ।’

अध्यक्ष प्रचण्डले रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर, दलालहरूको घरमा रातको १२ बजे अप्राकृतिक रुपमा सरकार बनेकोमा चिन्ता भएको भन्दै त्यो चिन्ता अहिले सरकार आफैँले पुष्टि गरेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend