logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • खबरदारी सभा कसैलाई बचाउनका लागि होइन, सरकारले देखाएको रवैया बेठिक : अध्यक्ष प्रचण्ड

    खबरदारी सभा कसैलाई बचाउनका लागि होइन, सरकारले देखाएको रवैया बेठिक : अध्यक्ष प्रचण्ड

    525
    Shares
    खबरदारी सभा कसैलाई बचाउनका लागि होइन, सरकारले देखाएको रवैया बेठिक : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारीसभा कसैलाई बचाउनका लागि नभएको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा बोल्दै उनले खबरदारीसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउमा नभएको प्रस्ट पारेका हुन् ।

    माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै उनले भने, ‘खबरदारी सभा कसैलाई बचाउनका लागि होइन ।’

    उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताए ।

    उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए । उनले सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताए ।

    उनले आफूसँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने सरकारको तयारी बेठीक भएको बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend