logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • विश्वकप लिग–२ : नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

    विश्वकप लिग–२ : नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

    1.8K
    Shares
    विश्वकप लिग–२ : नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दै

    काठमाडौँ । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाको आफ्नो पहिलो खेल नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्दैछ । उक्त खेल राति ९ः१५ बजे सुरु हुने छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् ।

    देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ । नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्ने लागेको हो । नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।

    आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा छ । नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ । एउटा खेल वर्षाका कारण हुनसकेको थिएन ।

    यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अंक जोडेदै दोस्रो स्थानमा छ । स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend