कात्तिक १८ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सल्लाहमै पार्टी फुटाउने कुरा जहाँसुकै बाट आएको भएपनि सहि नभएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले यस्तो बताएका हुन्।
पार्टी भित्रको छलफल्,बहश र अन्तर्सँघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप दिनु नहुने धारणा प्रवक्ता श्रेष्ठले राखेका छन्। सबै एकजुट भएर पार्टी एकताको रक्षा गर्नु पर्ने उनको भनाई छ।
उनले लेखेका छन् ‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन् । तर त्यसमा अन्तर्निहित एउटा पक्ष, अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्काे सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं । पार्टी भित्रको छलफल, वहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं ।’
‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं, श्रेष्ठले थप लेखेका छन्, ‘ तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं ।’